काठमाडौं । काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा चेल्सीले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई २-० गोल अन्तरले हराएको हो ।
चेल्सीको मैदानमा पाँचौं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३४ औं मिनेटमा टोटेनहमका बेन डेभिसले आत्मघाती गोल गरेपछि चेल्सी २-० ले विजयी भयो ।
यस जितसँगै चेल्सीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
टोटेनहमलाई भने दोस्रो लेगमा उत्कृष्ट पुनरागमनको आवश्यकता भएको छ ।
दोस्रो लेग जनवरी १३ मा हुनेछ ।
