काठमाडौं । प्रिमियर लिग क्लब आर्सनलका मिडफिल्डर एन्सले मेटल्यान्ड नाइल्स इटालियन क्लब रोमा जाने भएका छन् ।
इंग्लिस मिडफिल्डर बाँकी सिजनको लागि लोनमा रोमा जाने भएका हुन् ।
उनलाई लोनमा अनुबन्ध गर्न रोमा राजी भएको छ ।
२४ वर्षीय मिडफिल्डर मेडिकलका लागि इटाली पुगिसकेका छन् ।
एन्सलेले यस सिजन ११ खेल खेलेका छन् ।
प्रिमियर लिगमा उनले दुई खेल मात्र सुरुआती-११ मा खेलेका छन् ।