काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी सहिद स्मारक ए डिभिजन लिगमा खेलाडी र अफिसियललाई मैदानमा मोबाइल ल्याउन प्रतिबन्ध गरेको छ ।
एन्फाले मुख्य प्रशिक्षक र टिम म्यानेजर बाहेक अन्य अफिसियल र खेलाडीलाई खेल स्थलमा मोबाइल ल्याउन निषेध गरेको हो ।
एन्फाले बुधबार सहभागी क्लबलाई पत्र लेख्दै मोबाइल ल्याउन प्रतिबन्ध लगाईएकोबारे जानकारी दिएको छ ।
एन्फाले जारी लिगको आठौं चरणको खेलबाट उक्त नियम लगाईएको जनाएको छ ।
लिगको आठौं चरण शुक्रबारबाट सुरु हुनेछ ।
लिगमा मछिन्द्र शीर्ष स्थानमा रहदा मनाङ दोस्रो स्थानमा रहेको छ ।
