बेसीसहर । श्री भगवती क्लबका अमित लामा २९ औं त्रिवेणी कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्।
बेसीसहरस्थित सहजी खेल मैदानमा बुधबार सम्पन्न प्रतियोगितामा अमित सर्वोत्कृष्ट चयन भएका हुन् ।
सर्वोत्कृष्ट बनेका अमितले १५ हजार नगद प्राप्त गरे ।
अमित आबद्द श्री भगवती उपविजेता बनेको थियो । फाइनलमा भगवती बुद्ध युवा क्लबसँग २-० ले पराजित भएको थियो।
यस्तै श्री भगवतीका अर्मान्ड र बुद्धका फाकुल्ने अबायोमीले सर्वाधिक गोलकर्ताको अवार्ड बाँडे ।
त्यस्तै प्रतियोगितामा फेयर प्ले टिमको अवार्ड सर्लाहीको बागमती एफसीले प्राप्त गर्यो ।