काठमाडौं । काराबाओ कप फुटबल अन्तर्गत लिभरपुल र आर्सनलबीचको खेल स्थगित भएको छ ।
कोभिड-१९ को कारण लिभरपुल र आर्सनलबीचको सेमिफाइनलको पहिलो लेग खेल स्थगित भएको हो ।
पहिलो लेग बिहीबार आर्सनलको मैदानमा हुने तय थियो ।
तर, लिभरपुलका खेलाडीमा कोभिड-१९ को संक्रमण बढेपछि खेल स्थगित भएको हो ।
यस अघि लिभरपुलले खेल स्थगित गर्न आग्रह गरेको थियो ।