काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल आगामी माघ महिनाबाट सुरु हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला कमिटिले महिला लिग माघ १५ गतेबाट सुरु हुने जनाएको छ ।
महिला लिगमा ८ टिमको सहभागिता रहनेछ ।
लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ ।
धनगढी र ललितपुर उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताबाट राष्ट्रिय लिगका लागि छनोट भएको हो।
छनौटमा धनगढी च्याम्पियन बनेको थियो भने ललितपुर उपविजेता बनेको थियो ।
