काठमाडौं । 'ए' डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लबले भारतीय गोलकिपर गुरप्रित सिंह चाबललाई अनुबन्ध गरेको छ ।
ब्रिगेडले जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलका लागि गुरप्रितलाई अनुबन्ध गरेको हो ।
ब्रिगेड यस सिजन ६ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
गुरुप्रितको इलाइट हेल्थ क्लिनिकमा मेडिकल समेत सम्पन्न भएको क्लबका सदस्य डा विनय भट्टराईले जानकारी गराए ।
२६ वर्षीय गोलकिपरले टाटा फुटबल एकेडेमीबाट करियरको सुरुआत गरेका थिए ।
व्यवसायिक फुटबलको सुरुआत भने उनले डेम्पो एफसीबाट गरेका थिए ।
त्यसबाहेक उनले दिल्ली युनाईटेड, नर्थ इस्ट युनाईटेड, ऐजवल एफसीबाट समेत खेलिसकेका छन् ।
पछिल्लो सिजन उनले कर्बर्ट एफसीबाट आईलिग खेलेका थिए ।