बेसीसहर । लमजुङको बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगितामा सहभागी त्रिवेणी युवा क्लबलाई सुरेश फेन्सीले जर्सी प्रायोजन गरेको छ ।
सुरेश फेन्सीले त्रिवेणीलाई १७ सेट जर्सी र मोजा प्रायोजन गरेको हो । सुरेश फेन्सीका सुरेश श्रेष्ठले क्लबका अध्यक्ष विनोद गुरुङलाई प्रायोजन सामग्री हस्तान्तर गरे ।
प्रतियोगितामा त्रिवेणीले विजयी सुरुआत गरिसकेको छ ।
आगामी पुस २० गतेसम्म चल्ने प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।
सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने छन् ।