काठमाडौं । जोन टेरी फेरि एकपल्ट चेल्सी फर्केका छन् । यसपल्ट उनको काम हुनेछ, क्लबको एकेडेमीमा सल्लाहाकार ।
टेरीलाई चेल्सीको इतिहासकै लेजेन्डरी खेलाडी मानिन्छ । उनले यस इंग्लिस प्रिमियर लिग क्लबका लागि ७ सय १७ खेल खेले । अब उनी युवा खेलाडीको विकासमा प्रत्यक्ष संलग्न हुनेछन् ।
यसक्रममा उनले क्लबमा रहेका प्रशिक्षकलाई सल्लाह दिनेछन् । चेल्सीले भनेको छ, ‘हाम्रा पूर्व कप्तानले अब प्रशिक्षकहरूलाई सल्लाह दिनेछ, एकेडेमीका खेलाडीका लागि मेन्टर रहने छन् । अनि ती खेलाडीको अभिवावकसँग संवाद पनि चलाउने छन् ।’
सन् २०१८ मा उनले सक्रिय खेल जीवन सन्यास लिएका थिए ।
त्यसपछि उनी सिधै प्रशिक्षकको भूमिकामा देखिए । सन् २०१८ देखि २०२१ सम्म उनी एस्टन भिल्लाको सहायक प्रशिक्षक रहे ।
उनले कुनै दिन चेल्सी प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने विश्वास गरिएको छ । अहिले तत्काल भने उनले अर्को महिनादेखि चेल्सीमा आफ्नो नयाँ भूमिका सम्हाल्ने छन् ।
–मार्काको सहयोगमा ।