बराबरीमा रोकियो चेल्सी
बिहिबार, पुष १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा चेल्सीले ब्राइटनसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले अंक बाड्नु परेको हो ।
खेलको २८ औं मिनेटमा रोमेरो लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा ड्यानी वेलबेकले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए ।
बराबरीसँगै चेल्सीले २० खेलमा ४२ अंक जोडेको छ ।
चेल्सी दोस्रो स्थानमा रहेको छ ।
ब्राइटन २४ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
बराबरीमा रोकियो चेल्सी






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

