सिटीलाई आठ अंकको अग्रता
बिहिबार, पुष १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले हराएको हो ।
सिटीको जितमा फिल फोडेनले निर्णायक गोल गरे ।
फोडेनले १६ औं मिनेटमा केभिन डी ब्रुएनको पासमा गोल गरेका हुन् ।
यस्तै ८७ औं मिनेटमा एम्रिक लापोर्टाको गोलले मान्यता पाएन । भीएआरमा उनको गोल अफसाइड देखिएको थियो ।
जितसँगै सिटीले २० खेलमा ५० अंक जोडेको छ ।
सिटीले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ ।
दोस्रो स्थानको चेल्सीको ४२ अंक रहेको छ ।
ब्रेन्टफोर्ड २० अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
सिटीलाई आठ अंकको अग्रता






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

