मार्सियल अनुबन्धको लागि सेभियाको प्रस्ताव अस्वीकार
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले एन्थोनी मार्सियल अनुबन्धको लागि सेभियाले गरेको प्रस्ताव अस्वीकार गरेको छ ।
स्पेनिस क्लब सेभियाले मार्सियललाई लोनमा अनुबन्ध गर्ने प्रस्ताव युनाईटेडसँग गरेको थियो ।
तर, युनाईटेडले सेभियाको प्रस्ताव स्वीकार नगरेको बीबीसीले जनाएको छ ।
२६ वर्षीय फ्रेन्च स्ट्राइकर युनाईटेड छाड्न खोजिरहेका छन् ।
मार्सियलले अन्तरिम प्रशिक्षक राल्फ रागनिकलाई आफुले युनाईटेड छाड्न चाहेको बताईसकेका छन्।
सेभियाले जनवरी ट्रान्सफरमा मार्सियललाई लोनमा अनुबन्धको योजना बनाएको थियो ।
मार्सियल सन् २०१५ मा मोनाकोबाट युनाईटेड आएका थिए । त्यति बेला युनाईटेडले उनका लागि ३ करोड ६० लाख पाउन्ड तिरेको थियो र यसक्रममा उनी सर्वाधिक महँगा किशोर खेलाडी भएका थिए ।
युनाईटेडका लागि उनले २ सय ६८ खेल खेल्दै ७९ गोल गरेका छन् ।
मार्सियलले यस सिजन दुई प्रिमियर लिग खेलमा १ गोल गरेका छन् ।
उनले यस सिजन सबैखाले प्रतियोगितामा १० खेल खेलेका छन् ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

