काठमाडौं । रोबिन भान पर्सिले हालै त्यस्तो छ उत्कृष्ट खेलाडीको सूची बनाएका छन्, जससँग उनले सँगै खेले पनि ।
त्यसमा चार म्यानचेस्टर युनाइटेडका ठूला नाम छ भने बाँकी दुई आर्सनलका रहेका छन् । यी आर्सनल र म्यानचेस्ट युनाइटेडका ३५ वर्षीय पूर्व खेलाडीले सन्यास पनि लिइसके ।
तर खेलाडी छँदा उनले इंग्लिस प्रिमियर लिगमा ती दुवै क्लबका लागि उत्कृष्ट खेल प्रदर्शन गरे । आर्सनल छाडेर उनी विवादास्पद रूपमा म्यानचेस्टर गएका थिए । त्यहाँ उनले तीन सिजन बिताए र त्यसक्रममा पहिलो वर्षमै लिग उपाधि पनि जिते ।
भर्खरै उनलाई सोधिएको थियो, सँगसँगै खेलेका खेलाडीमध्ये सबै भन्दा राम्रा साथी खेलाडी को को हुन् त ?
उनको उत्तर थियो, ‘यो निकै गाह्रो प्रश्न भयो । तर म डेनिस बर्गक्याम्प, थिएरी हेनरी, रायन गिग्स, पउल स्कोल्स, वायन रोनी र रुड भान निस्टलरोयको नाम लिन चाहन्छु ।’
भान पर्सिले गिग्स, स्कोल्स र रोनीसँग म्यानचेस्टरमा खेलेका थिए, तर निस्टलरोयसँग भने खेल्न पाएनन् । निस्टलरोयले सन् २००६ मै म्यानचेस्टर छाडिसकेका थिए ,
तर यी दुई खेलाडीले नेदरल्यान्ड्सका लागि भने सँगै खेले र एक आपसमा मिलेर आफ्नो देशका लागि ८५ गोल गरे ।
बर्गक्याम्प र हेनरीले आर्सनलका लागि खेलेका थिए । भान पर्सिले आर्सनल छाड्न अगाडि म्यानचेस्टरका लागि सबैभन्दा ठूलो विपक्षी टिम यही लन्डन क्लब थियो । तर उनले यही क्लब रोजेका थिए ।
–डेली मेलको सहयोगमा ।