एजेन्सी । डिएगो म्याराडोनको निधनको १३ महिनापछि उनको परिवारको एक अर्को सदस्यको पनि मृत्यु भएको छ ।
उनी हुन्, म्याराडोनाका भाई, ह्युगो म्याराडोना ।
अर्जेन्टिना मात्र होइन, दक्षिण अमेरिका र युरोपमा म्याराडोनासँग जोडिएका प्रत्येक घटना समाचार बन्ने गर्छ ।
ह्युगोको निधन पनि यस्तै रह्यो ।
इटालीको नेपल्सस्थित घरमा ह्युगोको ५२ वर्षको उमेरमा मंगलबार मात्रै निधन भएको हो ।
उनलाई ह्दयघात भएको थियो ।
म्याराडोनाका तीन दाजुभाइमध्ये डिएगो र राउलले जस्तै ह्युगोले पनि सानै उमेरदेखि फुटबल खेल्न थालेका थिए ।
खालि १८ वर्षको उमेरमै उनी इटाली पुगिसकेका थिए, नेपोलीबाट अनुबन्धित भएर ।
तर खेलाडीको रूपमा उनी आफ्नो दाजुको अगाडि एक कोष टाढा थिए, त्यसैले कहिले पनि माथिल्लो स्तरको फुटबल खेलेनन् ।
तर उनको निधनले पनि सबैको ध्यान भने तानेको थियो र यसको कारण अरू केही होइन्, एउटै थियो ।
आखिरमा उनी डिएगो म्याराडोनाका भाइ थिए । यही आफैमा ठूलो थियो ।
–मार्काको सहयोगमा ।