एजेन्सी । प्रियिमर लिग फुटबलमा लिभरपुलले हार ब्यहोरेको छ ।
मोहमद सलाहा पेनाल्टीमा चुक्दा लिभरपुल लेस्टर सिटीको हातबाट १-० ले पराजित बनेको हो ।
लेस्टरको जितमा एडेमोला लुकमेनले गोल गरे । उनले डयुस्बरी हलको पासलाई सदुपयोग गर्दै खेलको ५९ औं मिनेटमा गोल गरेका थिए ।
लेस्टरसँग पराजित भएसँगै उपाधि होडमा रहेको लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग ६ अंकले पछि परेको छ ।
लिभरपुललाई पहिलो हाफमा अवसर प्राप्त थियो । जसमा सलाहा पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहारलाई केस्पर समिचेलले बचाउ गरेका थिए ।
पाहुना टोली लिभरपुलका साडियो मानेले गोलका केही सुन्दर अवसर गुमाएका थिए ।
लिभरपुलले सिजनको दोस्रो हार ब्यहोरेको छ । लेस्टरले भने पछिल्ला ७ मध्य दुई खेलमा जित निकालेको छ र तालिकाको नवौं स्थानमा उक्लिएको छ ।
लिभरपुल तेस्रो स्थानमा रहेर सन् २०२१ को वर्ष अन्त्य गर्ने देखिन्छ । वर्षको अन्तिम खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डसँग र चेल्सीले ब्राइटोनसँग बुधबार खेल्दैछ ।