बेनले सिजनको बाँकी खेल गुमाउने
मंगलबार, पुष १३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब चेल्सीका डिफेन्डर बेन चिलवेलले यस सिजनको बाँकी खेल गुमाउने भएका छन् ।
घुँडाको चोटका कारण बेनले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।
२५ वर्षीय बेनले घुँडाको एसीएलको चोट बोकेका हुन् ।
गत नोभेम्बरमा च्याम्पियन्स लिग अन्तर्गत युभेन्ट्सविरुद्ध ४-० को जित निकालेको खेलमा उनले चोट बोकेका थिए ।
चेल्सीले उनको चोटको शल्यक्रिया गरिने जनाएको छ ।
यस सिजन उनले ६ प्रिमियर लिग खेलमा ३ गोल र १ असिस्ट गरेका छन् ।

बेनले सिजनको बाँकी खेल गुमाउने






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

