काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम बराबरीमा रोकिएको छ ।
मंगलबार भएको खेलमा टोटेनहम साउथह्याम्पटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको २५ औं मिनेटमा जेम्स वार्डले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए ।
३९ औं मिनेटमा मोहमद सालिसुले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटियो ।
लगत्तै ४१ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस्तै खेलको ५३ औं मिनेटमा केनले गोल गरेका थिए । तर, भीएआरमा अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।
यस बराबरीसँगै टोटेनहमले १७ खेलमा ३० अंक जोडेको छ ।
टोटेनहम छैटौं स्थानमा रहेको छ ।
साउथह्याम्पटन २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
अर्को खेलमा क्रिस्टल प्यालेसले नर्विचलाई ३-० ले हराएको छ ।
वेस्ट ह्यामले वाट्फोर्डलाई ४-१ ले हराएको छ ।