काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका युवा फरवार्ड फेरान टोरेस स्पेनिस क्लब बार्सिलोनाममा अनुबन्धित भएका छन् ।
बार्सिलोनाले मंगलबार स्पेनिस युवा फरवार्डलाई अनुबन्ध गरिएको जनाएको छ ।
टोरेस बार्सिलोनामा सन् २०२७ सम्म रहने छन् ।
२१ वर्षे फरवार्ड टोरेसले सिटीका लागि ४३ खेलमा १६ गोल गरेका छन् ।
उनी २०२० को अगस्टमा भ्यालेन्सियाबाट सिटी आएका थिए ।