सातौं चरणमा के सयौं गोल निस्कने छ ?
काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ को छैटौं चरण समाप्तीमा कुल ८१ गोल भए । सातौं चरणमा मात्र १६ गोल भए । समग्रमा ४२ खेलमा अहिले औसत गोल संख्या १.९२ पुगेको छ ।
अब के सातौं चरणमा सयौं गोल निस्कने छ त ? यो महत्त्वपूर्ण प्रश्न रहने छ । अहिलेसम्म पहिलो चरणमा १६, दोस्रो चरणमा ७, तेस्रो चरणमा १८, चौथो चरणमा ९, पाँचौं चरणमा १५ र छैटौं चरणमा १६ गोल निस्केका छन् ।
छैटौं चरणमा तीन खेलाडीले दुई दुई गोल गरे । यसमा एनआरटीका दर्शन गुरुङ, हिमालयन शेर्पाका मुताम्बा पिस्टोन, र संकटाका उत्तर राई रहेका छन् । अहिलेसम्मका गोलकर्ता यस प्रकार छन् ।
गोलकर्ता
४ गोल - मार्टिन्स अजयी (सातदोबाटो), आषिश लामा (एपीएफ), सुनिल बल (मछिन्द्र)
३ गोल - निरज वस्नेत (संकटा), सुमन लामा (पुलिस), उत्तम राई (संकटा), मुताम्बा पिस्टोन (हिमालयन), रुमेश बर्ताैला (च्यासल)
२ गोल - दिनेश राई (बीबीसी), आफिज आलावाले (मनाङ), दिनेश राजवंशी (मनाङ), अञ्जन विष्ट (मनाङ), बिके तामाङ (एपीएफ), लक्ष्मण रुचाल (संकटा), दर्शन गुरुङ (एनआरटी), मेसुके ओलुओउ (एनआरटी), सुरेश कुमाल (हिमालयन)
१ गोल - प्रकाश बुढाथोकी (फ्रेन्ड्स), नथालिलया जुड (फ्रेन्ड्स), फ्रेजन तामाङ (फ्रेन्ड्स)
सुदीप गुरुङ (सातदोबाटो), सुशील राई (सातदोबाटो) त्रिदेव गुरुङ (हिमालयन), विश्वास श्रेष्ठ (हिमालयन), मनीष थापा (हिमालयन) फोडे फोफाना (संकटा) अनन्त तामाङ (थ्री स्टार), निशान खड्का (थ्री स्टार), राफेल बिडियास (थ्री स्टार), मिक्छेन तामाङ (थ्री स्टार) दयानन्द सिंह (मनाङ), फ्रायन्कलिन कुएटे (मनाङ), निशान लिम्बू (मनाङ)
सुरज गुरुङ (बीबीसी), भुवन वस्नेत (बीबीसी) विवेक वस्नेत (आर्मी), भरत खवास (आर्मी), जर्ज प्रिन्स कार्की (आर्मी), जगजित श्रेष्ठ (आर्मी), दिनेश हेन्जन (आर्मी)सन्तोष हेमरुन (पुलिस) रंजित धिमाल (मछिन्द्र), नोर्लोन नोभ्रुजोभ (मछिन्द्र), विमल घर्मिमगर (मछिन्द्र), एरिक विष्ट (एनआरटी), दीपेश घले (एनआरटी), स्टेफन बिनोङ (एनआरटी)
निकोलस फर्नान्डेज (जावलाखेल) दिपेश लामा (एपीएफ), नवीन लामा (एपीएफ), दिपेश धिमाल (एपीएफ), नवीन लामा (एपीएफ)
आत्मघाती गोल - करण रावत (सातदोबाटो, एपीएफविरुद्ध), सीमान्त थापा (जावलाखेल, पुलिसविरुद्ध)