काठमाडौं । फ्रान्सेली स्ट्राइकर एन्थोनी मार्सियलले भर्खर आफ्ना व्यवस्थापक राल्फ राङनिकलाई भेटेका छन् । र, भनेका छन्, ‘म म्यानचेस्टर युनाइटेड छाड्न चाहन्छुं ।’
यी २६ वर्षीय खेलाडीलाई के लागेको छ भने अब उनका लागि म्यानचेस्टर छाड्नु अहिलेको जस्तो ठीक समय हुन्न । यसपल्टको प्रिमियर लिगमा उनले खालि दुई पल्ट मात्र सुरुदेखि खेल्न पाएका छन् ।
अनि उनले खालि एकै गोल मात्र पनि गरेका छन् । मार्सियल र राङनिकबीच लामै कुराकानी भएको थियो । तर पनि जर्मन व्यवस्थापक के मान्छन् भने मार्सियलको तर्फबाट कुनै ठोस प्रस्ताव आएको छैन् । त्यसको अर्थ उनी अझै सकिन्छ भने मार्सियलाई फकाउन चाहन्छन् । अथवा यो मार्सियललाई राम्रै मूल्यमा बेच्ने रणनीति हुन सक्छ ।
यसअघि खेलाडीका एजेन्ट फिलिपे लाम्बोलीले पनि मार्सियल म्यानचेस्टर छाड्ने मनसायमा भएको बताएका थिए । मार्सियल सात वर्षदेखि म्यानचेस्टरमा छन् । उनी सन् २०१५ मा मोनाकोबाट म्यानचेस्टर आएका थिए । त्यति बेला म्यानचेस्टरले उनका लागि ३ करोड ६० लाख पाउन्ड तिरेको थियो र यसक्रममा उनी सर्वाधिक महँगा किशोर खेलाडी भएका थिए ।
म्यानचेस्टरका लागि उनले २ सय ६८ खेल खेल्दै ७९ गोल गरेका छन् । क्रिस्टियानो रोनाल्डो, एडिसन कभानी र जाडोन सान्चो आएपछि भने क्लबमा उनी छायाम जस्तै परेका छन् । राङनिक आएयता म्यानचेस्टरले सबै प्रतियोगितामा गरेर १० खेल खेलेकामा त्यसमध्ये कुनैमा पनि मार्सियलले खेल्न पाएका छैनन् ।
–बीबीसीको सहयोगमा ।