त्रिवेणी कप फुटबलको विजेताले ५ लाख पाउने
सोमबार, पुष १२, २०७८खेलपाटी संवाददाता

बेसीसहर । लमजुङको बेसीसहरमा २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिता भोलि मंगलबारबाट सुरु हुने भएको छ ।
आगामी पुस २० गतेसम्म चल्ने प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटनमा त्रिवेणी युवा क्लब र भिमाद युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।
सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने छन् ।
क्वाटरफाइनलपछिको म्यान अफ दि म्याचले २५ सय र फाइनलको म्यान अफ दि म्याचले ५ हजार पाउने छन् ।

त्रिवेणी कप फुटबलको विजेताले ५ लाख पाउने







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



