काठमाडौं । सबैलाई थाहा छ, अहिले आर्सनल र यसका मुख्य प्रशिक्षक मिखेल आर्टेटासँग पिएरे एमरिक अबमेयाङको पानी बाराबारको स्थिति छ ।
उनले आर्सनलको कप्तानी मात्र गुमाएका छैनन्, टिममा अन्य साथी खेलाडीबीच अभ्यास पनि गर्न पाइरहेका छन् ।
आर्टेटाले भनेका छन्, उनीमाथि अनुशासनको कारवाही गरिएको हो ।
अहिलेसम्म जति पनि घटना भए, त्यसलाई लिएर अबमेयाङ स्वंयको भनाइ आइरहेको थिएन्, तर आखिरमा उनले पनि मुख खोलेका छन् ।
उनले भर्खर सामाजिक सञ्चालमार्फ क्रिसमसको मौका छोपेर एउटा सन्देश छाडेका छन् । त्यसमा उनले सुरुमा क्रिसमसको सबैलाई शुभकामना दिएका छन् ।

अनि ह्यासट्याग गर्दै लेखेका छन्, ‘फेमिली फ्रस्ट’ । अर्थात परिवार पहिला ।
सबैको बुझाइ छ, यो आर्सनल र आर्टेटाविरुद्ध लक्षित छ ।
अनि यसको अर्थ हो, आर्सनल भन्दा पनि उनका लागि आफ्नो परिवार ठूलो ।
यसअघि उनी क्लबको अनुमति लिएर नै फ्रान्स गएका थिए, आफ्नी विरामी आमालाई भेट्न । फर्कदा भने उनलाई ढिला भएको थियो ।
यसपछि उनलाई आर्सनलले कारवाही गरेको हो ।
धेरैको के पनि अनुमान छ भने सम्भवत: उनले अब कहिले पनि दोहराएर आर्सनलका लागि खेल्ने छैनन् र अहिले आफ्नो नयाँ गन्तब्यबारे योजना बनाइरहेका छन् ।
यो नयाँ गन्तब्य बार्सिलोना र युभेन्ट्स जस्ता ठूला क्लब नै हुन सक्नेछ ।
आखिरमा उनी विश्वस्तरीय खेलाडी पनि त हुन् ।
–मार्काको सहयोगमा ।