काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा सोमबार एउटा अर्को ललितपुर डर्बी हुनेछ र यो हुनेछ, सातदोबाटोविरुद्ध जावलाखेल ।
यी दुई टिम भिड्दा त्यो दुई नजिकका फुटबल व्यक्तित्वको भिडन्त हुनेछ ।
मेघराज केसीले घरेलु नेपाली फुटबलमा धेरै क्लब सम्हाले पनि उनका लागि जावलाखेल विशेष रहेको छ, किनभने उनी लगभग यही क्लब हुर्केर बढेका हुन् ।
अझ उनले लामो समय किशोर केसीसँग काम पनि गरे ।
खासमा उनी जावलाखेलसँग केही बढी भावनात्मक रूपमा जोडिएका छन् ।
तर उनकै भाषामा भन्दा उनी व्यवसायिक प्रशिक्षक हुन्, फुटबलमा यस्तो भइरहन्छ ।
सातदोबाटो नवप्रवेशी रहेको हुनाले यो दुई क्लबबीचको पहिलो खेल हुनेछ ।
सातदोबाटो ५ खेलबाट ८ अंकमा पाँचौं स्थानमा छ । जावलाखेल समान ५ खेलबाट चार अंकमा छ र १२ औं स्थानमा छ ।