चेल्सीको जितमा जोर्गिन्होको दुई गोल
सोमबार, पुष १२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले हराएको हो ।
एस्टनको मैदानमा सुरुआती अग्रता भने घरेलु टोलीले बनाएको थियो ।
खेलको २८ औं मिनेटमा चेल्सीका रिच जेम्सले आत्मघाती गोल गरेपछि एस्टनले अग्रता लिएको थियो ।
तर, ३४ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५६ औं मिनेटमा रोमेरो लुकाकुले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा जोर्गिन्होले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३-१ को जित दिलाए ।
यस जितसँगै चेल्सीले १९ खेलमा ४१ अंक जोडेको छ ।
चेल्सी तेस्रो स्थानमा रहेको छ ।
एस्टन २२ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
चेल्सीको जितमा जोर्गिन्होको दुई गोल







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



