‘ए’ डिभिजन लिग : सातदोबाटो र जावलाखेल खेल्दै
आइतबार, पुष ११, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सोमबार एक खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटो र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।
सातदोबाटो आज जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ।
सातदोबाटो ५ खेलमा ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । जावलाखेललाई हराएममा सातदोबाटो चौंथो स्थानमा उक्लनेछ ।
जावलाखेल ५ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ । आज सातदोबाटोलाई हराएर जावलाखेल पनि अंक तालिका सुधार गर्न च्चाहांचा ।
लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ।
‘ए’ डिभिजन लिग : आज एक खेल







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



