काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र आर्मीले गोलरहित बराबरी खेलेका छन्।
पहिलो हाफमा दुबै टोलीले पाएको अवसरमा गोल गर्न सकेनन् ।
आर्मी ५ खेलमा ९ अंक जोडेर चौंथो स्थानमा रहेको छ । थ्री स्टारलाई हराएर आज आर्मी शीर्ष दुई टोलीलाई दबाब राख्न चाहन्छ ।
थ्री स्टार ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ । आर्मीलाई हराएर थ्री स्टार अंक तालिका सुधार गर्न चाहन्छ।