काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटाले ३-० गोलको अग्रता बनाएको छ ।
संकटाका लागि पहिलो हाफमा उत्तम राईले दुई गोल गरे । लक्ष्मण रुचालले एक गोल थपे ।
संकटा ५ खेलमा ९ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आज ब्रिगेडलाई हराएर संकटा शीर्ष तीनमा उक्लने योजनामा हुनेछ ।
ब्रिगेड ५ खेलमा ५ अंक जोडेर १० औं स्थानमा रहेको छ । संकटालाई हराएर ब्रिगेड अंक तालिका सुधारको योजनामा रहेको छ ।