आइओएफटीसीको सहयोग
शनिबार, पुष १०, २०७८खेलपाटी संवाददाता
काठमाडौं । अमेरिकाको पोर्टल्यान्ड स्थिति इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपले (आइओएफटिसी) ले शनिबार आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा सात प्रदेशका १२ तेक्वान्दो डोजाङलाई खेल समाग्री प्रदान गरेको छ ।
आइओएफटिसी टिम नेपाल मार्फत् तेक्वान्दो डोजाङहरुलाई खेल सामाग्री प्रदान गरिएको हो । आइओएफटिसी टिम नेपालका अध्यक्ष रामचन्द्र व्यञ्जनकारले सो खेल सामाग्रीको मूल्य करीब दुई लाख रुपियाँ रहेको जानकारी दिए ।
यसैगरी, आइओएफटिसीले म्युजिक हाउस, कीर्तिपुरलाई २५ हजार र भक्तपुरको भोलाछेँस्थिति श्री महाकाली अनाथ असहाय भोजन गृहलाई १५ हजार रुपियाँ प्रदान गरेको छ ।
ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले १२ डोजाङ र म्युजिक हाउसका प्रतिनिधिलाई खेल सामाग्री र सहयोग रकम हस्तान्तरण गरिन् ।
आइओएफटीसीको सहयोग









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

