पहिलो हाफमा एपीएफलाई २-० को अग्रता
सोमबार, ०५ पौष २०७८खेलपाटी संवाददाता
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले २-० गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा एपीएफका लागि बिकी तामाङ र आशिष लामाले एक एक गोल गरे ।
आज दुबै टिम पहिलो जित निकाल्ने योजनामा रहेका छन् ।
फ्रेन्ड्स र एपीएफ रेलिगेसन क्षेत्रमा रहेका छन् ।
फ्रेन्ड्स ४ खेलमा २ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
आज एपीएफलाई हराउँदै फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।
यता, एपीएफ ४ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।
पहिलो हाफमा एपीएफलाई २-० को अग्रता







-1776311430548.webp&w=3840&q=75)

-1776324756993.png&w=3840&q=75)
-1776306061009.webp&w=3840&q=75)

