नापोलीले एसी मिलानलाई हरायो
आइतबार, ०४ पौष २०७८खेलपाटी संवाददाता

napoli.jpg
एजेन्सी । सिरि ए फुटबलमा नापोलीले एसी मिलानलाई हराएको छ ।
आईतबार राति नापोलीले एसी मिलानलाई १-० ले हराएको हो ।
नापोलीको जितमा खेलको पाँचौ मिनेटमा इलिफ इल्मासले विजयी गोल गरे ।
नापोलीको तीन खेलको जित विहिन यात्रामा पूर्णविराम समेत लागेको छ ।
खेलको अन्तिम मिनेटमा फ्रेन्क किसीले बराबरी गोल फर्काएका थिए । तर रेफ्रीले त्यसलाई अफसाईडको मान्यता दिए ।
प्राप्त जितसँगै नोपाली लिगको दोस्रो स्थानमा उक्लिएको छ । उसले एसी मिलानसँग ३९ अंकको बराबरी गरेको छ । दुवै टिम शीर्ष स्थानको इन्टर मिलान भन्दा चार अंकले पछि छन् ।
शीर्ष स्थानको मिलान क्लबको ४३ अंक छ ।
#नापोली







-1776311430548.webp&w=3840&q=75)

-1776324756993.png&w=3840&q=75)
-1776306061009.webp&w=3840&q=75)

