'ए' डिभिजन : फ्रेन्ड्स र एपीएफ भिड्दै
आइतबार, ०४ पौष २०७८खेलपाटी संवाददाता

गोलको खुसीयाली मनाउँदै फ्रेन्ड्सका खेलाडी । फोटो : खेलपाटी
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सोमबार एक खेल हुँदैछ ।
पाँचौं चरणको अन्तिम खेल अन्तर्गत सोमबार एक खेल हुन लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र एपीएफबीचको खेल १:०० बजे सुरु हुनेछ ।
फ्रेन्ड्स र एपीएफ रेलिगेसन क्षेत्रमा रहेका छन् । दुबै टिम जित विहीन रहेका छन् ।
फ्रेन्ड्स ४ खेलमा २ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
आज एपीएफलाई हराउँदै फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।
यता, एपीएफ ४ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।
एपीएफ फ्रेन्ड्सलाई हराएर पहिलो जित निकाल्ने योजनामा हुनेछ ।
'ए' डिभिजन लिग : आज एक खेल







-1776311430548.webp&w=3840&q=75)

-1776324756993.png&w=3840&q=75)
-1776306061009.webp&w=3840&q=75)

