काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भारतसँग पराजय भोगेको छ ।
बंगलादेशका ढाकामा आईतबार भएको खेलमा नेपालले भारतसँग १–० को पराजय भोगेको हो ।
भारतको जितमा एकमात्र निर्णायक गोल पी नावरेमले खेलको ६७ औ मिनेटमा गरे ।
पराजयसँगै फाइनलमा प्रवेश गर्ने नेपालको सम्भावनामाथि धक्का लागेको छ ।
फाइनल प्रवेशका लागि नेपाललाई भारतसँग केवल बराबरीको आवश्कता रहेको थियो ।
अब नेपालले फाइनल प्रवेशका लागि बंगलादेश र श्रीलंकाबीच हुने खेलको नजिता पर्खनु पर्नेछ ।
बंगलादेशले श्रीलंकामाथि जित वा बराबरीकै नजिता निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।
बंगलादेशले पराजय भोगे नेपालको फाइनलमा प्रवेश गर्ने सम्भावना रहनेछ ।
यता नेपालमाथि जित निकाल्दै भारत भने प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
भारतले चार मध्ये तीन खेल जित्दै ९ अंक जोडेको छ ।
यता नेपालले चारमध्ये दुईमा जित र एक खेलमा बराबरीको नजिता निकाल्दै जम्मा सात अंक जोडेको छ ।
आयोजक बंगलादेशको सात अंक छ र उसले एउटा खेल खेल्न बाकी छ ।