काठमाडौं । जति बेला हिमालयन शेर्पा र बीबीसी मैदानमा उत्रने छ, विश्वास गर्न सकिन्छ, बराबरीमा टक्कर हुनेछ ।
सहिद स्मारक लिग ए डिभिजनमा यी दुई टिमबीच कुल तीन खेल भएको छ र त्यसमा लगभग बराबरीको स्थिति छ ।
हिमालयनले दुई खेल जितेको छ भने बीबीसीले एक ।
आइतबार यिनै दुई टिमबीच दशरथ रंगशालामा खेल हुनेछ । पछिल्लो वर्ष ०७६ को लिगमा बीबीसीले हिमालयनमाथि पहिलो जित निकालेको थियो ।
त्यस १–० को जितमा विजय गुरुङले निर्णायक गोल गरेका थिए । यसअघि वर्ष ०७५ को लिगमा हिमालयन सजिलै ४–१ ले विजयी रह्यो । वर्ष ०६८ मा यी दुई टिमबीच पहिलो भेट भएको थियो ।
त्यसमा भने हिमालयनले एकपक्षीय ५–० को जित निकालेको थियो ।
लिगमा हिमालयनले अहिलेसम्म हात पारेका जितमध्ये यो सबैभन्दा सम्झनालायक रहेको छ ।
त्यसमा पुकार गहतराज र दीपक राईले दुई दुई गोल गरेका थिए ।