काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २-० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सलाई जित दिलाउन अल्भारो मोराटा र जुवान क्वार्डाडोले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा जुवानले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।
यस जितसँगै युभेन्ट्सले १८ खेलमा ३१ अंक जोडेको छ ।
युभेन्ट्स लिगको छैटौं स्थानमा रहेको छ ।
बोलोग्ना २४ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।