काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई ४-१ गोल अन्तरले हराएको हो ।
खेलको १६ औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
२८ औं मिनेटमा मार्टिनेलीले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनल २-० ले अघि रह्यो ।
खेलको ४२ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलको अग्रता ३-० को बनाए ।

खेलको ७५ औं मिनेटमा राफिन्हाले पेनाल्टीमा गोल गर्दै लिड्सलाई ३-१ को स्थितिमा ल्याए ।
त्यसोची खेलको ८५ औं मिनेटमा इमिल स्मिथले गोल गर्दा आर्सनल ४-१ ले विजयी भयो ।
यस जितसँगै आर्सनल १८ खेलमा ३२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
लिड्स १८ खेलमा १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
