काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३-२ गोल अन्तरले हराएको हो ।
खेलको १६ औं मिनेटमा फेरान ब्लाङ्कले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको १९ औं मिनेटमा गाभीले गोल गर्दा बार्सिलोनाको अग्रता २-० को बन्यो ।
६२ औं मिनेटमा टेटे मोरेन्टेले गोल गर्दै इल्चेलाई २-१ को स्थितिमा ल्याए ।

खेलको ६३ औं मिनेटमा इल्चेका पेरे मिल्लाले गोल गरेपछि खेल २-२ को स्थितिमा पुग्यो ।
त्यसपछि खेलको ८५ औं मिनेटमा निको गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई ३-२ को जित दिलाए ।
यस जितसँगै १७ खेलमा २७ अंक जोडेको छ ।
बार्सिलोना लिगको सातौं स्थानमा रहेको छ ।
इल्चे १५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
