'ए' डिभिजन लिग : आज एक खेल
शनिबार, पुष ३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज आइतबार एक खेल हुँदैछ ।
पाँचौं चरणको खेल अन्तर्गत आइतबार एक मात्र खेल हुन लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र ब्रिगेडबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
हिमालयन ४ खेलमा २ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
ब्रिगेडलाई हराउँदै हिमालयन रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।
यता, ब्रिगेड ४ खेलमा ५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
ब्रिगेड हिमालयनलाई हराएर शीर्ष पाँचमा उक्लने योजनामा हुनेछ ।
'ए' डिभिजन लिग : आज एक खेल













-1762763443397.jpg&w=3840&q=75)