निमालाई प्रतिभा पुरस्कार दिने निर्णय सच्याईयो
बिहिबार, पुष १, २०७८खेलपाटी संवाददाता

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले उसु खेलाडी निमा घर्ती मगरलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गर्ने निर्णय सच्याएको छ ।
मंसिर २७ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार साधारणतर्फ उसु खेलाडीहरु निमा घर्ती मगर, दिपक हमाल, जुनी राई र सुस्मिता तामाङसहित कराँतेका एलेन श्रेष्ठ र एथलेटिक्सकी पुष्पा भण्डारीलाई प्रतिभा सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।
तर पुस १ गतेको मन्त्रीस्तरीय निर्णयले निमालाई प्रदान गर्ने भनिएको प्रतिभा सम्मान सच्याएको छ ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि २०६८ (तेस्रो संशोधन २०७५) मा विगत वर्षहरुमा खेलकुद प्रतिभा सम्मान प्राप्त गर्ने खेल प्रतिभाहरुलाई सहभागी नगराउने उल्लेख भएको जनाएको छ ।
निमाले २०७३ मा प्रतिभा पुरस्कार प्राप्त गरेकी थिईन् ।
निमा घर्ती मगर









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

