काठमाडौं । एटलेटिको मड्रिडका पूर्व स्ट्राइकर डिएगो अलोन्सोलाई उरुग्वेको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको छ ।
लामो समय मुख्य प्रशिक्षक रहेका ओस्कार तावरेजलाई बर्खास्त गरेको एक महिना नहुदै अलोन्सोलाई प्रशिक्षकमा नियुक्त गरिएको हो ।
अन्तर्राष्ट्रिय प्रशिक्षणको अनुभव नभएका अलोन्सोलाई कतार विश्वकपको छनोट अभियानलाई जिवितै राख्ने जिम्मेवारी दिइएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वेले १४ मध्ये केवल ४ खेलमा जित तथा ४ खेलमा बराबरीको नतिजा निकालेको छ ।
गत महिना उरुग्वेले बोलिभियासँग ३–० को पराजय भोगेपछि ७४ वर्षीय तावरेजलाई बर्खास्त गरिएको थियो । उनी सन् २००६ देखि मुख्य प्रशिक्षकको रुपमा रहेका थिए ।
यता इन्टर मिलानसँगको जनवरीमा सम्झौता अन्त्य भएपछि अलोन्सो खाली बसेका थिए ।
४६ वर्षीय अलोन्सोले विगत १० वर्षदेखि क्लब स्तरमा प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् ।
उरुग्वेका लागि १६ वर्ष खेलेका अलोन्सोले भ्यालेन्सीया, एटलेटिको मड्रिड, मालागा, साङघाई सेन्हुआ जस्ता क्लबका लागि खेलेका छन् ।
उरुग्वेको प्रशिक्षकको रुपमा उनको पहिलो खेल विश्वकप छनोट अन्तर्गत पाराग्वेविरुद्ध हुनेछ ।