काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत पाँचौ चरणको खेलका लागि नेपाल पुलिस क्लबको टिम पोखरा प्रस्थान गरेको छ ।
लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबविरुद्धको खेलका लागि पुलिसको टिम बुधबार पोखरा प्रस्थान गरेको हो ।
पोखरा रंगशाला पुलिसले मनाङविरुद्ध पुस ३ गते प्रतिस्पर्धा गर्नेछ ।
जुन खेल 'ए' डिभिजन लिगको ऐतिहासिक खेल समेत हुनेछ । 'ए' डिभिजन लिगको इतिहासमा पहिलो पटक उपत्यका बाहिर खेल हुन लागेको हो ।
पुलिस लिगको नवौं स्थानमा रहेको छ ।
पुलिसले ४ खेलमा ५ अंक जोडेको छ ।
