काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले २-० गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा आर्मीका लागि जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले एक एक गोल गरे ।
खेलको १८ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । मिडफिल्डर टंक बस्नेतको क्रसमा कार्कीले हेडमार्फत उत्कृष्ट गोल गरे ।
खेलको ३६ औं मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीलाई २-० को अग्रता दिलाए । गौतम श्रेष्ठ अघि बढाएर उपलब्ध गराएको क्रसमा पेनाल्टी एरिया भित्र अनमार्क रहेका जगजितले सहजै गोल गरे ।
तीन खेलमा ५ अंक जोडेको आर्मी लिगको छैटौं स्थानमा रहेको छ । च्यासलविरुद्ध मैदान उत्रदा आर्मी स्पष्ट तीन अंकको खोजीमा हुनेछ ।
च्यासल तीन खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ । च्यासल पनि आर्मीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।