• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
हिमालयनलाई हराउँदै मनाङ शीर्ष स्थानमा
खेलपाटी संवाददाता
शनिबार, मंसिर ११, २०७८ खेलपाटी संवाददाता
हिमालयनलाई हराउँदै मनाङ शीर्ष स्थानमा

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले लगातार दोस्रो जित निकालेको हो ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन आफिज ओलावालेले निर्णायक गोल गरे ।

तर, मनाङले गोल गर्न दोस्रो हाफसम्म कुर्नु परेको थियो । पहिलो हाफमा दुबै टोलीले पाएको केहि मौकालाई सदुपयोग गर्न सकेनन् ।

सुरुआतबाटै आक्रामक खेलेको मनाङका आफिज ओलावाले तेस्रो मिनेटमा गोलको अवसर खेर फाले । पुजन उपरकोटीको फ्रिकिकमा आफिफको हेडर पोस्ट नजिकबाट बाहिरिएको थियो ।

खेलको ४१ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको फ्रिकिक क्रस बारमा लागेर फर्किदा हिमालयन शेर्पा अग्रता बनाउन चुकेको थियो ।

मनाङका एडिलाजा सोमिडेले ५५ औं मिनेटमा गोलको अवसर गुमाए । दयानन्द सिंहको क्रसमा अनमार्क रहेका उनको हेडरले पोस्टको दिशा लिन सकेन ।

खेलको ५६ औं मिनेटमा मनाङले विमल रानाले गोल गरेका थिए । तर, अफसाइड रहदा उनको गोलले मान्यता पाएन ।

हिमालयनका फरवार्ड मुटुम्बाले ७१ औं मिनेटमा आशिष गुरुङको पासमा पेनाल्टी एरिया भित्रबाट प्रहार गरेको बल आकाशिएको थियो ।

खेलको ८४ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मनाङलाई १-० को अग्रता दिलाए । पुजन उपरकोटीको कर्नरमा निशान लिम्बुको फ्लिक हेडर पासमा ओलावालेले गोल गरे । जुन गोल खेलको निर्णायक गोल बन्यो ।

त्यसअघि मनाङका दिपक राईले ८३ औं मिनेटमा निशानकै क्रसमा प्रहार गरेको हेडर बल हिमालयनका गोलकिपर दीप कार्कीले पन्च गर्दै बाहिर पठाएका थिए ।

यस जितसँगै कीर्तिमानी आठ पटकको विजेता मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मनाङले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १-० ले हराएको थियो ।

हिमालयनको यो पहिलो हार हो । पहिलो खेलमा हिमालयनले संकटा क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो ।

खेलको म्यान अफ दि म्याच मनाङका पुजन उपरकोटी चुनिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP