नेपालको वरीयता यथावत्, साफमा पाकिस्तान सुध्रियो
२०२५ सेप्टेम्बर १८, बिहिबार

काठमाडौं। पाकिस्तानबाहेक दक्षिण एसियाली फुटबल महासंघ (साफ)का कुनै पनि राष्ट्र फिफा वरीयतामा आफ्नो स्थान सुधार गर्न चुकेका छन्।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा पाकिस्तानले दुई स्थान सुधार गरेको छ। नयाँ वरीयतामा पाकिस्तान १९९औं स्थानमा छ। त्यसअघि पाकिस्तान २०१ स्थानमा थियो।
साफमा भारत शीर्ष स्थानमा यथावत् रहेको छ। एक स्थान खस्किए पनि भारत १३४औं स्थानमा छ।
अफगानिस्तान १६१ र माल्दिभ्स १७१औं स्थानमा छ। यी दुई राष्ट्रको वरीयता यथावत् छ। नेपालको पनि वरीयता १७६औं स्थानमा यथावत् नै छ। यी राष्ट्रबाहेक बंगलादेश र भुटान पनि क्रमश: १८४ र १८६औं स्थानमा यथावत् छन्।