काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र हिमालयनले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले पाएको केहि मौकालाई सदुपयोग गर्न सकेनन् ।
कीर्तिमानी आठ पटकको विजेता मनाङ आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १-० ले हराएको थियो ।
मनाङविरुद्ध मैदान उत्रदा हिमालयन पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा हिमालयनले संकटा क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो।