काठमाडौं । ब्राजिलियन स्टार नेयमारले विश्वकप छनोटमा अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् ।
फरवार्ड नेयमारले चोटका कारण अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् ।
ब्राजिलियन फुटबल कन्फेडेरेसनले तिघ्रामा समस्या देखिएको कारण नेयमारले अर्जेन्टिनाविरुद्ध नखेल्ने जनाएको छ ।
ब्राजिलले भोलि बुधबार अर्जेन्टिनासँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल शीर्ष स्थानमा रहेको छ ।
ब्राजिलले विश्वकपको यात्रा पक्का गरिसकेको छ ।
ब्राजिलले १२ खेलमा ३४ अंक जोडेको छ ।
अर्जेन्टिना २८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।