काठमाडौं । न्युकासल युनाईटेडका पूर्व फरवार्ड एन्डी कारोल च्याम्पियनसिप क्लब रिडिङमा अनुबन्धित भएका थिए ।
रिडिङले छोटो समयका लागि फरवार्ड एन्डीलाई अनुबन्ध गरेको हो । एन्डी जनवरीको मध्येसम्म रिडिङमा रहने बताईएको छ ।
इंग्ल्यान्डका पूर्व फरवार्ड एन्डी फ्री एजेन्टमा रिडिङमा अनुबन्धित भएका हुन् ।
३२ वर्षीय एन्डीले शनिबार नटिङघम फोरेस्टविरुद्धको खेलबाट डेब्यु गर्ने छन् ।
एन्डीले इंग्ल्यान्डका लागि ९ खेल खेलेका थिए ।
एन्डीले लिभरपुल र वेस्ट ह्यामबाट समेत खेलिसकेका छन् ।