काठमाडौं । स्विट्जरल्यान्डले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा स्थान पक्का गरेको छ ।
युरोपियन छनोट अन्तर्गत सोमबार राति बुल्गेरियालाई ४-० गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो ।
घरेलु मैदानमा खेलको ४८ औं मिनेटमा नोह ओकाफोरले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए ।
खेलको ५७ औं मिनेटमा रुबेन भर्गासले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

खेलको ७२ औं मिनेटमा सेड्रिक इट्टेनले गोल गरेपछि स्विट्जरल्यान्ड ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा रिमो फ्रुलेरले गोल गर्दै स्विट्जरल्यान्डलाई ४-० को जित दिलाए ।
यस जितसँगै स्विट्जरल्यान्डले समूह 'सी' बाट शीर्ष स्थानमा रहदै विश्वकपको यात्रा पक्का गरेको हो ।
स्विट्जरल्यान्डले ८ खेलमा १८ अंक जोड्यो । बुल्गेरिया ८ अंक जोडेर चौंथो स्थानमा रह्यो ।
