काठमाडौं । प्रिमियर लिग क्लब नर्विच सिटीले डिन स्मिथलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
नर्विचले सोमबार स्मिथलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
इंग्लिस प्रशिक्षक स्मिथले नर्विचसँग साढे दुई वर्षको सम्झौता गरेका छन् ।
स्मिथ यसै सिजन एस्टन भिल्लाबाट बर्खास्तीमा परेका थिए ।
यस्तै नर्विचले क्रेग सेक्सपियरलाई सहायक प्रशिक्षक चयन गरेको छ ।
डानियल फार्केलाई बर्खास्त गरेपछि नर्विच मुख्य प्रशिक्षक विहीन रहेको थियो ।
