काठमाडौं । प्रिमियर लिग क्लब नर्विच सिटीले डिन स्मिथलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने भएको छ ।
नर्विचले औपचारिक रुपमा स्मिथ नियुक्तिबारे केहि बताएको छैन । तर, नर्विचले सोमबारसम्म स्मिथलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको घोषणा गर्ने बीबीसीले जनाएको छ ।
डानियल फार्केलाई बर्खास्त गरेपछि नर्विच मुख्य प्रशिक्षक विहीन रहेको छ ।
इंग्लिस प्रशिक्षक स्मिथ हालै एस्टन भिल्लाबाट बर्खास्तीमा परेका थिए ।
पछिल्लो समय नर्विचको प्रशिक्षक दौडमा फ्रान्क लाम्पार्ड पनि रहेका थिए । तर, लाम्पार्ड नर्विचको प्रशिक्षक दौडबाट बाहिरिसकेका छन् ।