एन्डोरामाथि पोल्याण्डको सहत जित

एजेन्सी । विश्वकप फुटबलको युरोपेली छनोटमा पोल्याण्डले एन्टोरामाथि सहज जित निकालेको छ ।
शुक्रबार राति पोल्याण्डले एन्डोरामाथि ४-१ गोल अन्तरले हराएको छ ।
पोल्याण्डको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।
पोल्याण्डको जितसँगै इङ्ल्याण्डले विश्वकपमा सोझै छनोट हुन अन्तिम खेल पर्खनुपर्ने भएको छ ।
रिचर्ड फर्नान्डेज पहिलो मिनेटमै रातो कार्ड खादै मैदान बाहिरिएपछि एन्डोराले पुरा खेल १० खेलाडीमा सिमित बनेको खेल्नुपरेको थियो ।
कामिल जोज्विक र लेवान्डोस्कीले सुरुवातमै गोल गर्दै पोल्याण्डलाई अघि बढाएका थिए ।
घरेलु टोलीको तर्फबाट वेलेस करुसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका थिए ।
इन्जुरी समयमा अर्कादियुज मिलिकले गोल गर्दै पहिलो हाफमा पोल्याण्डलाई ३-१ ले अघि बढाएका थिए ।
दोस्रो हाफमा लेवान्डोस्कीले एक गोल थपे ।
जित सहित पोल्याण्ड समूह आईको दोस्रो स्थानमा छ । पोल्याण्ड टिम इङ्ल्याण्ड भन्दा तीन अंकले पछि छ ।
पोल्याण्डले समूह चरणको छनोटको अन्तिम खेल सोमबार हंगेरीसँग खेल्दैछ ।
इङ्ल्याण्डलाई सोझै विश्वकपमा छनोट हुन मात्र एक अंक आवश्यक छ । शीर्ष स्थानको इङ्ल्याण्डको २३ र पोल्याण्डको २० अंक छ । एन्डोरा ६ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।